बूढीगण्डकी अब बनाउने हो : अर्थमन्त्री

२०७८ मङ्सिर २१ मंगलबार १३:०५:०० मा प्रकाशित

धादिङ । अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी बनाउने र आफू अर्थमन्त्री हुँदा काम थाल्ने बताएका छन् । त्रिपुरासुन्दरी मेलामा आयोजित सांस्कृति कार्यक्रममा अर्थमन्त्री शर्माले भने, “बूढीगण्डकी बनाउने हो ।”

त्रिपुसुन्दरीको न्वागी मेला जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत्रमा पर्ने स्थान हो । यहाँका खेतधनीहरूले मुआब्जासमेत बुझिसकेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले त्रिपुरासुन्दरी मन्दिर सल्यानकोटसम्म कालोपत्रका लागि नेपाल सरकारले बजेट विनियोजन गर्नेसमेत बताए । विकासका लागि जनताले साथ दिनुपर्ने भन्दै अर्थमन्त्री शर्माले मध्यपहाडी लोकमार्ग निर्माण पूरा गर्नेसमेत बताए ।

ताजा खबर