कोकाकोला बन्यो 'नेपाल आइडल सिजन-४' को मुख्य प्रायोजक

२०७८ मङ्सिर २१ मंगलबार ००:०१:०० मा प्रकाशित

काठमाडौं। कोकाकोला 'नेपाल आइडल सिजन ४' को मुख्य प्रायोजक बनेको छ। कोकाकोलाले यसअघि पनि टेलिभिजन रियालिटी शो नेपाल आइडलको सिजन ३ लाई मुख्य प्रायोजन  गरेको थियो। कार्यक्रम र कम्पनीबीचको यो दोस्रो सहकार्य हो।  कार्यक्रम र कोकाकोलाको स्थानीय उत्पादक कम्पनी बोटलर्स नेपालबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौता कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डनले  कोकाकोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रेन्चाइज 'नेपाल आइडल'सँग गरेको यो दोस्रो सहकार्य भएको बताए। संगीत मानवीय भावना र सम्बन्ध व्यक्त गर्ने विश्वव्यापी भाषा भएकोले कोकाकोला जहिले पनि संगीतसँग जोडिँदै आइरहेको पनि उनले बताए। नेपाल आइडलका प्रोजेक्ट हेड तथा डिरेक्टर सुरेश पौडेलले नेपाल आइडलको सिजन ४ मा पनि कोकाकोलासँग सहकार्य गर्न पाउँदा हर्षित भएको बताए। नेपाल आइडल मंसिर २२ गतेदेखि एपीवान टेलिभिजनबाट प्रसारण हुनेछ।

ताजा खबर