शेयर बजारमा सुधार

२०७८ मङ्सिर २० सोमबार १६:३०:०० मा प्रकाशित

काठमाडौं । दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक सोमबार ३२ अंकले सुधार देखिएको छ । सोमबार दिनभरी उतार चढावका बीच नेप्से परिसूचक ३२.२२ अंकले वृद्धि भएर २ हजार ५४६.०८ अंक पुगेको छ । आइतबार नेप्से परिसूचक ७२.३२ अंकले घटेर २ हजार ५१३.८७ अंकमा झरेको थियो ।

आज कारोबारमा आएका २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा कारोबार रकम पनि वृद्धि भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६१ प्रतिशत, फ्लोट इण्डेक्स १.३४ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५९ प्रतिशत वृद्धि भएको छ ।

आइतबार १३ वटै उपसमूहको परिसूचकमा गिरावट नेप्से सोमबार भने सबै उपसमूहमा हरियाली छाएको छ । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी ३.४५ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत २.८८, फाइनान्स २.५४,अन्य उपसमूह १.६१, होटल तथा पर्यटन १.३९, माइक्रो फाइनान्स १.३५, व्यापार ०.१५, बैंकिङ्ग ०.७६, निर्जीवन बीमा ०.२३ , उत्पादन तथा प्रशोधन १.०६ र जीवन बीमा उपसमूहको परिसूचक ०.९२ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मेरो लघुवित्तको शेयरमूल्य १०५ रुपैयाँ २० पैसा बढेर १ हजार १५७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ ।

त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.५५ प्रतिशत र साहस उर्जाको ८.१७ प्रतिशत , महुली सामुदायिक र बोटलर्स नेपाल तराईको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। तर, जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी ६.८८ प्रतिशत घटेको छ।

आज सबैभन्दा बढी १७ करोड १५ लाख ९३ हजार रुपैयाँ नबिल बैंकको कारोबार भएको छ । कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नेशनल हाइड्रोपावर कम्पनीको १५ करोड ३२ लाख १५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

ताजा खबर