म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुचीलाई ४ वर्षको जेलसजाय

२०७८ मङ्सिर २० सोमबार १२:२५:०० मा प्रकाशित

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्षको जेलसजाय सुनाइएको छ । कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा सुची दोषी पाइएको सैनिक सरकारले जनाएको छ ।

७६ वर्षीया सुचीमाथि अन्य ११ आरोप  लगाइएको बीबीसीले उल्लेख गरेको छ । तर सुचीले भने आफूमाथि लगाइएको आरोप निराधार भएको बताएकी छिन् । गत फेब्रुअरीमा म्यानमार सेनाले कु गरी सत्ता हत्याउनुपूर्व सुचीले निर्वाचित नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । सेनाले चुनावमा धाँधली भएको भन्दै सत्ता थियो ।

चुनावमा सुचीको नेसनल डेमोक्रेटिक लिगले बहुमत ल्याएको थियो । त्यति बेलादेखि सुचीलाई घरमै नजरबन्द गरिएको छ । सेनाले सत्ता लिएको भन्दै नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । त्यसक्रममा सैनिक दमनमा परी सयौंको मृत्यु भएको छ भने हजारौंलाई गिरफ्तार गरिएको छ । 

ताजा खबर