अमेरिकामा राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन

२०७८ मङ्सिर २० सोमबार ०९:१२:०० मा प्रकाशित

सन् १९९६ मा राष्ट्रपति पदका एक उम्मेदवार अमेरिकी नेता बब डोलको ९८ वर्षको उमेरमा निधन भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । राष्ट्रपति जो बाइडनले अमेरिकाका दुई प्रमुख राजनीतिक दलका तर्फबाट डोलप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

उनले डोल प्रिय मित्र र आफूहरूको इतिहासमा कमै देखिएका अमेरिकी राजनीतिज्ञ रहेको बताए । डोल लामो समयसम्म क्यानसस राज्यलाई प्रतिनिधित्व गर्ने सिनेटर थिए । राष्ट्रपतीय निर्वाचनमा उनले डेमोक्रेटिक दलका नेता बिल क्लिन्टनसँग प्रतिस्पर्धा गरेका थिए ।

उनी दोस्रो विश्व युद्धमा सहभागी सैन्य अधिकारी समेत हुन् । सन् १९९६ को राष्ट्रपतीय निर्वाचनका प्रतिद्वन्द्वी पूर्वराष्ट्रपति बिल क्लिन्टनले डोलको उदाहरणले आजका र आगामी पुस्ताका मानिसहरूलाई प्रेरित गर्नुपर्छ भनेका छन् । अर्का पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशले डोलले अमेरिकी मूल्यमान्यताहरूको उत्कृष्ट प्रतिनिधित्व गरेको बताएका छन् ।

ताजा खबर