कांग्रेस वागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ निर्वाचित

२०७८ मङ्सिर १९ आइतबार २३:०५:०० मा प्रकाशित

हेटौंडा । नेपाली कांग्रेस वाग्मती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । उनी संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा निकट हुन् । जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मतअन्तरले पराजित गर्दै बानियाँ सभापतिमा विजयी भएका हुन् ।

शनिबार भएको पहिलो चरणको मतदानमा ४८ प्रतिशत मत प्राप्त गरे पनि कांग्रेसको विधान अनुसार ५० प्रतिशत मत कटाउनुपर्ने भएपछि आइतबार पुनः मतदान भएको थियो । दोस्रो चरणको मतदानमा बानियाँले १ हजार ८५ मत प्राप्त गरेका थिए भने केसीले ९ सय २७ मत प्राप्त गरे । कुल २ हजार २५ मत खसेकोमा १३ मत बदर भएको थियो ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वास पात्र बानियाँलाई दोस्रो चरणको मतदानमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षधरका भीमसेन दास प्रधानले समर्थन गरेका थिए । बानियाँ कांग्रेस मकवानपुरका सभापतिसमेत हुन् ।

ताजा खबर