नागाल्याण्डमा सुरक्षाकर्मीको गोली प्रहारबाट १३ सर्वसाधारणको मृत्यु

२०७८ मङ्सिर १९ आइतबार १५:२३:०० मा प्रकाशित

भारतीय सुरक्षाबलले उत्तरपूर्वी राज्य नागाल्याण्डमा एक ट्रकमा गोली चलाउँदा र आक्रमणको विरोध गर्न भेला भएका भीडलाई गोली हान्दा १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पूरा सोन जिल्लाको अवस्था अहिले निकै तनावपूर्ण रहेको र नागाल्याण्ड बाहिरका एक मजदुरसहित १३ जनाको मृत्यु भएको पुष्टि भएको प्रहरी अधिकारी सन्दीप एम. तामगाडगेले बताएका छन् ।

तामगाडगेले ओटिङ गाउँमा आफ्नो घर फर्किने क्रममा सुरक्षाबलले गरेको हमलामा ६ जना मजदुरको मृत्यु भएको बताएका छन् । परिवारका सदस्यहरु बेपत्ता व्यक्तिहरुको खोजीमा गएका र शव फेला परेपछि सुरक्षा बलहरू सामना गरेका बताइएको छ । भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा यस क्षेत्रमा सक्रिय विद्रोहीहरूलाई पछ्याउन विश्वसनीय गुप्तचरहरुले काम गरिरहेको बताएको छ ।

विज्ञप्तिमा घटनाका क्रममा सुरक्षाबलका एक सदस्यको मृत्यु भएको र अन्य केही घाइते भएका पनि थपिएको छ । नागाल्याण्डका मुख्यमन्त्रीले शान्त रहन अपील गर्दै छानबिनको घोषणा गरेका छन् । सर्वसाधारणको हत्याको दुर्भाग्यपूर्ण घटना अत्यन्तै निन्दनीय छ, उनले ट्वीटरमार्फत सबै वर्गबाट शान्तिको लागि अपील गरेका छन् ।

ताजा खबर