अमेरिकी र रुसी राष्ट्रपतिबीच वार्ता हुने

२०७८ मङ्सिर १९ आइतबार १३:२३:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ । उनीहरुबीच आगामी मंगलबार भिडियो कन्फ्रेन्सिङमार्फत् वार्ता हुने भएको बताइएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उदृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले दुई नेताबीच वार्ता हुने जानकारी दिएको हो । प्रवक्ता पेस्कोकाअनुसार रुसी समयानुसार मंगलबार साँझ दुई देशका राष्ट्रपतिकाबीचमा भिडियो वार्ता हुन लागेको हो । वार्ताका क्रममा युक्रेनलगायतका विषयमा कुराकानी हुने बताइएको छ ।

ताजा खबर