यमनको राजधानी सानामा साउदी सेनाको हवाई आक्रमण

२०७८ मङ्सिर १९ आइतबार १३:२०:०० मा प्रकाशित

साउदी अरेबियाली सेनाको नेतृत्वमा रहेको सैन्य समूहले शनिबार राति यमनको राजधानी सानामा हमला गरेको छ । राजधानी सानामा यहाँका हुथी विद्रोहीहरुले कब्जामा लिएका केही स्थान फिर्ता गर्न हमला भएको हो ।

हवाई हमलाबाट यमनी राजधानी सानामा हुथीहरुले सञ्चालन गर्दै आएका तीन वटा क्याम्प नियन्त्रणमा लिइएको छ । ती क्याम्पमा रहेका केही खाद्य भण्डारण पनि सेनाले ध्वस्त पारिदिएको बताएको छ ।

अल अनाबमा रहेका ती खाद्य भण्डारणहरु सेनाले कब्जामा लिएको छ । यहाँका हुथी विद्रोहीहरुले उक्त क्षेत्रमा क्याम्प सञ्चालन गरेका छन् भने उनीहरुले केही स्थान आफ्नो कब्जामा पनि लिएका छन् ।

शुक्रबार मात्र पनि यमनको उत्तरपश्चिमी प्रान्त सादामा सेनाले कारबाही गरेको थियो । कारबाहीका क्रममा केही हुथी विद्रोहीहरु मारिएका बताइएको थियो । साउदी नेतृत्वको सेनाले सादा क्षेत्रमा विगतदेखि नै कारबाही गर्दै आएको छ । उता केही दिन यतादेखि यमनको मारिब शहरमा पनि साउदी सेनाले लगातार हवाई आक्रमण पनि गर्दै आएको छ ।

ताजा खबर