राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

२०७८ मङ्सिर १९ आइतबार ०८:४४:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सकिएको मतपरिणाम अनुसार लिङ्देन अध्यक्षमा विजयी भएका हुन् ।  लिङ्देनले थापालाई दुई सय मतले पराजित गरेका हुन् ।

कुल ३ हजार ८ सय ७३ मत खसेकोमा लिङ्देनले १८ सय १७ मत पाए भने थापाले १६ सय १७ मत ल्याए । ४ सय ३१ मत बदर भएको राप्रपाको निर्वाचन समितिले जनाएको छ । लिङ्देनको जितसंगै राप्रपाको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण भएको छ ।

अन्य पदाधिकारीहरुको पनि मत गणना सकिएको छ । जसअनुसार उपाध्यक्षहरुमा बिक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुबबहादुर प्रधान तथा महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएका छन् । यस्तै, महामन्त्रीमा धवल शमशेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाही निर्वाचित भएका छन् ।

ताजा खबर