कोभिड संक्रमण बढेपछि आयरल्याण्डका नाइट क्लब फेरि बन्द गरिने

२०७८ मङ्सिर १८ शनिबार १०:१५:०० मा प्रकाशित

कोभिड संक्रमण बढेपछि आयरल्याण्डका नाइट क्लब फेरि बन्द गरिने भएको छ । क्रिसमस नजिकिएकाले सम्भावित जोखिम कम गर्न आइरिस सरकारले अतिथि सत्कारसँग सम्बन्धित क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्था कडा बनाएको हो ।

आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिनले टेलिभिजनमार्फत् सम्बोधन गर्दै कोरोना नियन्त्रणका लागि नयाँ प्रतिबन्धात्मक व्यवस्थाको घोषणा गरेका हुन् । नयाँ व्यवस्था अनुसार इनडोर खेल लगायतका गतिविधि ५० जना क्षमतामा सञ्चालन गर्न सकिनेछ । साथै कुनै पनि व्यक्तिको निजी घरमा जान परेमा ४ भन्दा बढी घरमा जान पाइने छैन ।

यसअघि पब, होटेल, रेस्टुरेन्ट र अन्य मनोरञ्जन स्थलमा संक्रमण नियन्त्रणका लागि लागू गरिएको नियम फेरि कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ । आयरल्याण्डमा लामो समय लगाइएको लकडाउनका कारण बन्द रहेका नाइट क्लव भर्खरै पुनः सञ्चालनमा आएका थिए ।

 

ताजा खबर