नेपाली कांग्रेसले ६ प्रदेशमा नयाँ नेतृत्व चयन गर्दै

२०७८ मङ्सिर १८ शनिबार ०९:३५:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले पहिलो पटक प्रदेश कार्यसमिति चयन गर्दैछ । कार्यसमिति चयन गर्नका लागि आज मतदान हुँदैछ । १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश समिति चयनका लागि शुक्रबार मनोनयन दर्ता भएको थियो । प्रदेश–२ बाहेकका ६ प्रदेशमा शुक्रबार उमेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

प्रत्येक प्रदेशमा संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् भने कर्णाली प्रदेशमा उपसभापति विमलेन्द्र निधि समूहले पनि उमेदवारी दर्ता गराएको छ । कांग्रेसको प्रदेश अधिवेशनबाट सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्रीको चयन हुनेछन् ।

ताजा खबर