राप्रपाको नयाँ नेतृत्व चयनका लागि आज मतदान

२०७८ मङ्सिर १८ शनिबार ०९:२८:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी एकता महाधिवेनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । अध्यक्ष, ४ उपाध्यक्ष र ३ महामन्त्री पद र सदस्यहरुको पदमा निर्वाचन हुँदैछ ।

जारी अधिवेशनबाट नेतृत्वका लागि वर्तमान पार्टी अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । अध्यक्षसहित १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उमेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उमेदवारी दर्ता भएको राप्रपाले जनाएको छ । निर्वाचन समितिले बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक गरेको छ । 

 

ताजा खबर