कांग्रेस गण्डकीको सभापतिमा शर्मा र जोशीको उम्मेदवारी

२०७८ मङ्सिर १७ शुक्रबार २०:५९:०० मा प्रकाशित

गण्डकी । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार पोखरामा भएको गण्डकी प्रदेश कार्यसमितिको उम्मेदवारी मनोनयनमा सभापति पदमा शुक्रराज शर्मा र अर्जुनप्रसाद जोशीको उम्मेदवारी परेको छ ।

कार्यसमितिको उपसभापतिमा दुई पदका लागि मेखलाल श्रेष्ठ, नेत्रबहादुर महत, हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीको उम्मेदवारी परेको छ । त्यस्तै महामन्त्री दुई पदका लागि कुमार खड्का, ईश्वर पाण्डे, किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जानकारी दिए ।

सहमहामन्त्री एक महिलामा ओमकला गौतम र कोपिला रानाभाटको उम्मेदवारी परेको छ भने सहमहामन्त्री खुल्ला सदस्य दुई पदका लागि छ जनाको उम्मेदवारी परेको छ ।

अधिवेशनले सभापति, उपसभापति महमन्त्री, सहमहामन्त्रीका साथै सदस्यमा प्रत्यक्ष जिल्लाबाट खुल्ला तथा महिला ११÷११, आदिवासी जनजाती खुल्ला पाँच, मधेशी एक, दलित महिला र खुल्ला दुई/दुई, थारु एक, मुस्लिम एक, खस आर्य महिला तथा खुल्ला चार÷चार, आदिवासी जनजाति महिला पाँच, दलित खुल्ला दुई, अपाङ्गता भएका÷अल्पसङ्ख्यक एक जनासहितका सदस्य निर्वाचित गर्ने निर्वाचन समितिले जनाएको छ ।

 

ताजा खबर