बेइजिङमा एक करोड भन्दाबढीलाई बुस्टर डोज

२०७८ मङ्सिर १७ शुक्रबार १३:४३:०० मा प्रकाशित

शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड–१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । सोही अवधिमा बेइजिङमा कोभिड–१९ खोपको कुल ५२.६ मिलियन डोज लगाइएको थियो। शहरमा  खोप लिनेहरू मध्ये करिब ३० लाख ६० वर्ष वा सोभन्दा माथिका छन् ।  

 तीमध्ये पनि करिब १६०,००० खोप लिनेहरू ८० वर्ष वा सोभन्दा माथिका छन्। हालसम्म बेइजिङमा दुई करोडभन्दा बढी मानिसहरूले कम्तिमा एक डोज खोप लगाइसकेका छन् ।

 

ताजा खबर