कक्षा १२ को परीक्षाफल प्रकाशित

२०७८ मङ्सिर १७ शुक्रबार ११:१२:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । शुक्रबार बिहान परीक्षा बोर्डको बैठकपछि परीषाफल प्रकाशित गरिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिएका छन् ।

परीक्षामा तीन लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी भएका थिए । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।

कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षाफल https://neb.ntc.net.np/ मा हेर्न सकिने छ । त्यस्तै आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

 

ताजा खबर