कथाकार ब्राजाकी आईसियुमा,उपचार गर्न अर्थ संकट

२०७४ पौष ५ बुधबार १०:५६:०० मा प्रकाशित

काठमाडौँ, ५ पुस । चर्चित निवन्धकार र कथाकार मनु ब्राजाकीलाई मस्तिष्क शिरोघात स्ट्रोकको उपचार गर्न पाटन अस्पतालको सघन उपचार कक्ष आइसियुमा भर्ना गरिएको छ । 

दुई पटक मस्तिष्क शिरोघात  शल्यक्रिया गराइसकेका ब्राजाकीलाई हाल निमोनियाले पनि चापेपछि अवस्था गम्भीर भएको कवि मुरारी सिग्देलले जानकारी दिए। लोकप्रिय गजलकारका रचयिता समेत रहेका ब्राजाकीलाई रक्तचाप र मधुमेहको पनि समस्या छ । 

उनको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गर्न परिवारले आग्रह गरेको छ । रासस
 

ताजा खबर