ट्याक्टर दुर्घटना श्रीमानको मृत्यु, श्रीमती घाइते

२०७८ मङ्सिर १७ शुक्रबार १०:२९:०० मा प्रकाशित

जाजरकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन् । शुक्रबार बिहान आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नम्बर ९ राडी झर्दै गरेको ट्याक्टर ओलमा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उनकी श्रीमती सपना विक घाइते भएकी छिन् । उनको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको नेकपा (माओवादी केन्द्र) आठबीसकोटका नगर कमिटीका अध्यक्ष रबि केसीले जानकारी दिए ।
 

ताजा खबर