नेतृत्व चयन गर्दा ध्यान पुर्याउन कार्यकर्तालाई नेता सिंहको आग्रह

२०७८ मङ्सिर १६ बिहीबार १६:२१:०० मा प्रकाशित

हेटौंडा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व चयन गर्दा ध्यान पुर्याउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । बिहीबार हेटौडामा पार्टीको बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेता सिंहले नेतृत्वकै कारण पार्टी कमजोर अवस्था पुगेकाले नेतृत्व चयन गर्दा ध्यान पुर्याउन आग्रह गरेका हुन् ।

नेतृत्व चयन गर्दा होस नपुर्याउने, अनि कांग्रेसले काम गरेन भनेर गुनासो गर्ने ?’ उनले भने, ‘नेतृत्वकै कारणले पार्टी कमजोर अवस्थामा आएको छ । नेतृत्व चयन गर्दा तपाईहरुले ध्यान दिनु पर्दछ ।’

साथै उनले काँग्रेसको नेतृत्वमा संविधान जारी गर्दा पनि जनताले नेतृत्वकै कारण भोट नदिएको बताए । ‘संविधान जारी गरी जनतामा जाँदा दुई तिहाई त काँग्रेसले पाउनु पर्ने हो । तर कम्युनिष्टहरुले प्राप्त गरे।’ नेता सिंहको भनाई थियो ।

संविधान जारी कांग्रेसले गरेको र संस्थागत तथा लागू गर्ने जिम्मेवारी पनि कांग्रेसमा नै रहेको उनले टिप्पणी गरे । उनले समयमा नै ख्याल नगरे लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरु गुम्ने खतरा रहेको जिकिर गरे ।

 

ताजा खबर