भारतमा कोरोना सङ्क्रमतिको सङ्ख्या तीन करोड ४६ लाख पुग्यो

२०७८ मङ्सिर १६ बिहीबार १३:०३:०० मा प्रकाशित

भारतमा बुधबार नौ हजार ७६५ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ६ हजार ५४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । बुधबार कोरोना सङ्क्रमणबाट ४७७ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ६९ हजार ७२४ पुगेको छ ।

भारतमा अझै पनि ९९ हजार ७६३ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । गएको २४ घण्टामा भारतमा आठ हजार ५४८ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ३७ हजार ५४ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् ।

ताजा खबर