उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तिमा २९ जनाको मृत्यु

२०७८ मङ्सिर १६ बिहीबार ०८:४७:०० मा प्रकाशित

नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा डुङ्गा पल्टँदा बालबालिका सहित कम्तिमा २९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो ६ देखि १२ वर्षका एक इस्लामिक विद्यालयका बालबालिका छन्।

उनीहरू एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गरिरहेका थिए । प्रहरीले उद्धार कार्य जारी रहेको जनाएको छ। जिवितै उद्धार गरिएका सात जनालाई अस्पताल पुर्याइएको छ । घटनाको कारण स्पष्ट भइसकेको छैन। विगतमा भएका यस्ता दुर्घटनाका कारक क्षमता भन्दा बढी यात्रु राखिनु र आवश्यकता अनुसार डुङ्गाको मर्मतसम्भार हुन नसक्नु रहेको बताइएको छ ।

दुर्घटनाग्रस्त डुङ्गामा ५० भन्दा बढी यात्रु सवार रहेका जनाइएको छ । दुई हप्ता अघि छिमेकी जीगावा राज्यमा एउटा डुङ्गा पल्टँदा कम्तिमा सात महिलाको मृत्यु भएको थियो । मे महिनामा भएको त्यस्तै घटनामा केब्बी राज्यमा १०० भन्दा बढी यात्रुको मृत्यु भएको थियो।

 

ताजा खबर