बेलायतले १८ वर्षमाथिका सबैलाई खोपको बुस्टर डोज दिने

२०७८ मङ्सिर १५ बुधबार २१:४४:०० मा प्रकाशित

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिने जानकारी दिएका छन् । पत्रकार सम्मेलन गरी प्रधानमन्त्री जोनसनले भने,‘सरकारले आगामी जनवरीको अन्त्यसम्ममा बेलायतका सबैजना १८ वर्षमाथिका नागरिकलाई बुस्टर डोज खोप दिनेछ ।’

यस प्रयोजनका लागि बेलायत सरकारले देशैभरि एक हजार ५०० खोप केन्द्रको व्यवस्था गरेको र आगामी जनवरीको अन्तिम सम्ममा देशैभरिका १८ वर्षमाथिका नागरिकलाई खोप दिने पनि बताए । उनले अब अहिलेकै अवस्थामा बेलायतमा अर्काे लकडाउन नगरिने पनि बताए । उनले नयाँ भाइरस ओमिक्रोनका विरुद्धमा लड्नका लागि नागरिकहरुले नै सरकारलाई बल दिनुपर्ने बताए ।

ताजा खबर