अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न सरकारको अनुरोध

२०७८ मङ्सिर १५ बुधबार १५:५३:०० मा प्रकाशित

काठमाडौं । सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरी ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले यो भेरियन्ट बढी संक्रामक रहेको पाइएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

ताजा खबर