परिवर्तनको गतिलाई रोक्ने काम नगर्न राप्रपालाई माधव नेपालको आग्रह

२०७८ मङ्सिर १५ बुधबार १५:४०:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई परिवर्तनको गतिलाई रोक्ने काम नगर्न आग्रह गरेका छन् ।

बुधबार राप्रपाको महाविधेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राप्रपालाई परिवर्तनको संवाहक शक्तिको रुपमा अघि बढ्न सुझाव दिएका हुन् ।

अध्यक्ष नेपालले इतिहास पछाडि नजाने भन्दै अग्रगमनको बाटोबाट अघि बढ्न पनि राप्रपाको नेतृत्वलाई आग्रह गरे । उनले भने, ‘राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाई राख्नोस् । तर राष्ट्रियता नेपाली जनताको जुन भावना हो । त्यो भावनालाई ठिक ढंगले आत्मासात गरेर परिवर्तनको संवाहक पनि भएर अघि बढनोस् । परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काममा हामी नलागौं । इतिहास अघि बढिसक्यो ।’

अध्यक्ष नेपालले विदेशी हस्तक्षेपबाट मुलुकलाई जोगाउन नेपालका राजनीतिक दलहरु अहिले पनि सचेत भएर अघि बढ्नुपर्ने बताए ।

 

ताजा खबर