कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त

२०७८ मङ्सिर १५ बुधबार १४:५८:०० मा प्रकाशित

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका मुख्यमन्त्री शाहीले बुधबार विश्वासको मत प्राप्त गरेका हुन् । उपस्थित २२ जना प्रदेशसभा सदस्य मध्ये उनको पक्षमा २२ मत नै खसेको थियो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भने बैठका उपस्थित थिएनन् । उनले नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राप्रपाको समर्थनमा विश्वासको मत पाएका हुन् । प्रदेशसभामा माओवादी केन्द्रका १२, काँग्रेसका ६, एकीकृत समाजवादीका २ र राप्रपाका एकजना सांसद छन्।

 

ताजा खबर