राखेपका सदस्य सचिव घिसिङले लिए शपथ

२०७८ मङ्सिर १४ मंगलबार २२:१९:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले मंगलबार पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सदस्य सचिव घिसिङलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

शपथ लिएसँगै सदस्य सचिव घिसिङले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कार्यालयमा पुगेर पदभार ग्रहण समेत गरेका छन् । पदभार ग्रहण गरेसँगै घिसिङले राष्ट्रिय खेलाडीको बीमा र राष्ट्रिय टोलीको सुधारमा जोड दिने बताए ।

कार्यक्रममा मन्त्री गहतराजले राष्ट्रिय खेलकुद परिषदले नेतृत्व पाएको र चलायमान हुन नसकेका खेलकुद गतिविधि जेट विमान जस्तै रफ्तारमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।

ताजा खबर