नेतृत्वका लागि हतार नगर्न नेता कार्यकर्तालाई प्रधानमन्त्रीको आग्रह

२०७८ मङ्सिर १४ मंगलबार १९:१९:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेता कार्यकर्तालाई अरुको पार्टीको नभई आफ्नो चिन्ता गर्न आग्रह गरेका हुन् ।

उनले विगतका दिनमा पार्टी भित्रै अन्तरघात भएको स्मरण गर्दै अब एकतावद्ध भएर पार्टीलाई अघि बढाउनु पर्ने बताए । उनले भने, ‘पार्टीलाई भोलिका दिनमा अगाडि बढाउनु छ । हामी सबै एक भएर जानुछ, एकजुट हुनुछ । तपाईहरुलाई थाहै छ, सत्य कुरा लुक्दैन । पार्टी भित्रै अन्तरघात हुनेदेखि लिएर अनेक भए । आगामी दिनमा यो पार्टीलाई एकतावद्ध गरेर राम्रोसँग जाने पार्टीको निर्णयलाई मानेर अघि बढ्नुपर्छ । हाम्रो पार्टी बनाउनेतिर लागौँ, अरुको पार्टी कस्तो छ ? आँखा धेरै लगाउनु पर्दैन।’

प्रधानमन्त्रीले चाँडो गरिएको निर्णयले पछुताउनु पर्ने भन्दै कुनै पनि निर्णय गर्दा सोच विचार गर्नुपर्ने बताए । उनले नेतृत्व र निर्णय गर्ने अधिकार सबैको आउने भन्दै विश्वप्रकाश शर्मा र प्रकाशशरण महतलाई नेतृत्व गर्न नहतारिन आग्रह गरे । प्रधानमन्त्री देउवाले बुढापाकाहरुलाई अर्ति दिनुभन्दा बुढापाकाबाट अर्ति लिन सुझाव दिए ।

ताजा खबर