एमाले महाधिवेशनः कसले कति मत पाए ?(मत परिणामसहित)

२०७८ मङ्सिर १४ मंगलबार १७:१८:०० मा प्रकाशित

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिवतर्फ गोकर्ण विष्टले धेरै मत ल्याएका छन् । विष्टले १९७६, योगेश भट्टराईले १९६४, पद्मा अर्यालले १८००, छबिलाल विश्वकर्माले १८००, लेखराज भट्ट १७०४, टोपबहादुर रायमाझी १७०० र रघुवीर महासेठको १५१३ ल्याएर विजयी भएका छन् ।

यस्तै टंकप्रसाद कार्कीले ५०० र भीमप्रसाद आचार्यले ३०० मत ल्याएका छन् । उनीहरू पराजित भए । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले १९ सय ७६ मत ल्याउँदा अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले १९ सय २५ मत ल्याएका छन् । सुवास नेम्वाङ को १८ सय ६५ मत पाएका छन् भने विष्णु पौडेलले १८ सय ५६ मत पाएका छन् ।

युवराज ज्ञवालीले १८ सय ४२ र रामबहादुर थापाले १७ सय ६८ मत ल्याउँदा घनश्याम भुसालले ७ सय २५ मत ल्याएका छन् । महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि मंगलबार बिहान विद्युतीय मेसिनमार्फत् मतदान प्रक्रिया अघि बढाइएको थियो ।

ताजा खबर