लिङदेनलाई अध्यक्ष लोहनीको साथ

२०७८ मङ्सिर १४ मंगलबार १४:१२:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आगामी नेतृत्वमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा हुन् ।

अध्यक्ष लोहनीले पार्टीका अध्यक्षद्वय कमल थापा र पशुपति शमशेर राणालाई पनि युवा पुस्तालाई नेतृत्व सुम्पदै अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । उनले आफू सहमतिमै नेतृत्व चयन हुनुपर्ने पक्षमा रहेको र त्यसमा पनि युवालाई नेतृत्व दिनु देश र पार्टीकै हितमा हुने बताएका छन् ।

उनले संविधानभित्रको राजसंस्था र वैदिक सनातन हिन्दू राष्ट्र तथा प्रजातान्त्रिक विधि र पद्धतिप्रति राप्रपा प्रतिबद्ध रहेको बताए । उनले भने, ‘राप्रपाका कार्यकर्ताहरु देशभक्त छन् र सबै नेपालीको समृद्धिको लागि प्रतिबद्ध छन् । यो प्रतिबद्धतालाई मुल आदर्शको रुपमा लिएर अगाडि बढौँ । नयाँ प्रस्तावित नेतृत्वलाई काम गर्ने मौका दिऔँ ।’
 

ताजा खबर