नाइजेरियाको जेलमा भएको आक्रमणमा ११ जनाको मृत्यु, २५२ बन्दी फरार

२०७८ मङ्सिर १४ मंगलबार १३:२४:०० मा प्रकाशित

नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । आक्रमणमा परी अरु कैयौँ घाइते भएका छन् । आक्रमणपछि २५२ जना बन्दीहरु भागेका बताइएको छ ।

अधिकारीहरुले आइतबार राति यहाँको जोस नामक सहरमा रहेको बन्दीगृहमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए । नाइजेरियाको कारागार अधिकारीहरुकाअनुसार हमला कसले गर्यो भन्ने बारेमाा केही खुल्न सकेको छैन ।

कैदीलाई भगाउने उद्देश्यले सो हमला गरेको हुनसक्ने अनुमान गरिएको छ । पहिले पनि यहाँका जेलहरुमा यसरी नै पटक पटक हमला हुने गर्दथ्यो । यहाँका कारागार सम्बन्धी निकायका अधिकारीहरुले आक्रमणकारीहरुको खोजी जारी रहेको बताएका छन् ।

ताजा खबर