राखेपको सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

२०७८ मङ्सिर १३ सोमबार २३:५२:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

उनी नेपाल रग्बी संघका अध्यक्ष तथा एशिया रग्बी संघका सदस्यसमेत हुन् । खेलकुद मन्त्रालयले मंसिर ४ गते सदस्य सचिवका लागि दरखास्त माग गरेको थियो । कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेयता राखेपको कार्यकारी पद रिक्त थियो । करिब डेढ महिनापछि राखेपले नयाँ कार्यकारी पाएको हो ।

ताजा खबर