ए डिभिजन लिगमा पुलिसको जित

२०७८ मङ्सिर १२ आइतबार २१:१६:०० मा प्रकाशित

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित दर्ज गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । पुलिसका लागि सुमन लामाले निर्णायक गोल गरे ।

उनले खेलको ७०औँ मिनेटमा रवि पासवानको पासमा उत्कृष्ट गोल गरे  । लिगमा सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो १ बजे न्युरोड टिम (एनआटी) र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) तथा दोस्रो खेलमा दिउँसो पौने पाँच बजे मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।  
 

ताजा खबर