कोरोना संक्रमणबाट २ जनाको मृत्यु, ३४२ जना संक्रमणमुक्त

२०७८ मङ्सिर १२ आइतबार १७:०७:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८२०८७८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३४२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८०२३८९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११५२३ पुगेको छ । क्वारेन्टाइनमा ९८ जना छन् भने आइसोलेसनमा ६९६६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर