दीपिकाका पितासँग भेटे रणवीर सिंहले, के चाँडै विवाह हुँदैछ ? 

२०७४ पौष ४ मंगलबार १५:४४:०० मा प्रकाशित

आफ्नी प्रेमिका तथा अभिनेत्री दीपिका पादुकोणका पिता प्रकाश पादुकोणलाई बंगलुरुमा भेटे अभिनेता रणवीर सिंहले हालै । अनि आफ्नो इन्स्टाग्राम स्टोरीमा प्रकाश पादुकोणसँगको तस्विर सेयर गर्दै लेखे, ‘ब्याडमिन्टनका भगवानसँग भेटिरहेको छु ।’ आफ्नो अलग पहिरन शैलीका लागि चिनिो रण्मविर, अफ्ना प्रेमिकाको बुबा प्रकाश पादुकोणसँग भेट्दा उनले औपचारिक पोसाक लगाएका थिए ।
 रणवीर बंगलुरुमा प्रकाश पादुकोण–द्रविड सेन्टर फर एक्सीलेनसको एक कार्यक्रमका लागि पुगेका थिए । उनले राहुल द्रविड, अभिनव बिन्द्रा, गीत सेट्टी र विश्वनाथन आनन्दजस्ता खेलाडीसँग भेट गरे र आफ्नो इन्टाग्राममा सबै खेलाडीसँगको तस्विर सेयर गरेका छन् । रणवीर हाल फिल्म ‘पद्मावती’को रिलिजको पर्खाईमा छन् । 
    
 

ताजा खबर