आइएमइ–पे मार्फत् भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक अफर सार्वजनिक

२०७८ मङ्सिर ११ शनिबार १४:३३:०० मा प्रकाशित

काठमाडौं । आइएमइ डिजिटल सोलुसन लिमिटेडबाट प्रवद्र्धित ‘आइएमई–पे’ को सेवाग्राही केन्द्रीत योजना शुक्रबारदेखि सार्वजनिक गरिएको छ। सोही योजना अन्तर्गत आइएमइ–पे सेवाग्राहीहरूको लागि नेपालभरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत (३०० सयसम्मको) क्यासब्याकको अफर रहेको छ। 

उक्त योजना सार्वजनिक गरिएको अवसरमा आइएमइ–पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले सोही योजना सार्वजनिक गर्दा सम्पूर्ण सेवाग्राहीहरू अझ बढी प्रोत्साहित हुने बताए।

उक्त अफरमा आइएमइ–पेमा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउँनेछन्। यो एक पटकको वैध योजना हो। यसको अर्थ प्रति प्रयोग १ क्यासब्याक हुनेछ। प्रयोगकर्ताले तीन सय रुपैयाँसम्म मात्र २० प्रतिशत छुट पाउन सक्नेछन्। 

ताजा खबर