सांघाईमा तीनवटा कोभिड केश भेटिएपछि सयौं उडान रद्द

२०७८ मङ्सिर १० शुक्रबार २१:५५:०० मा प्रकाशित

चीनले आफ्नो कडा शून्य–कोभिड नीति जारी राखेको कारण शंघाईमा तीन कोरोनाभाइरसका घटनाहरू भेटिएपछि सयौं उडानहरू रद्द गरिएको छ भने केही विद्यालयहरू बन्द गर्नुको साथै भ्रमण रद्द गरिएको छ ।

बेइजिङले यात्रा प्रतिबन्धहरू र कडा रुपमा गरिएका लकडाउनका कारण आफ्नो सिमानामा कोरोनाभाइरसको फैलावटलाई नियन्त्रण गर्न धेरै हदसम्म सफल भएको छ । साघांइबाट नजिकै पर्ने शहर सुझाउबाट फर्किएका तीन व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरूले कोरोना सङ्क्रमण भएका यी तीन जनाले नै पूर्ण मात्रा खोप लगाएका जानकारी दिइएको छ । शुक्रबार सांघाईका दुई प्रमुख विमानस्थलबाट ५०० भन्दा बढी उडानहरू रद्द गरिएका सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

 

 

ताजा खबर