साइबेरियामा खानी दुर्घटनामा परी ११ जनाको मृत्यु, दर्जनौ बेपत्ता

२०७८ मङ्सिर ९ बिहीबार २१:३९:०० मा प्रकाशित

साइबेरियाको खानीमा भएको दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अरु दर्जनौ बेपत्ता भएका छन् । खानी भित्र निसास्सिएर उनीहरुको मृत्यु भएको जनाइएको छ । बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको पनि अधिकारीहरुले जनाएका छन् ।

देशको केमेरोभो क्षेत्रमा पर्ने ग्रामोतेइनो गाउँमा रहेको खानीमा दुर्घटना भएको हो । दुर्घटनामा परेर बेपत्ता भएका ४६ जनाको अहिले पनि खोजी भइरहेको जनाइएको छ ।

ताजा खबर