कोरोना संक्रमणबाट तीन जनाको मृत्यु, २९८ जना संक्रमणमुक्त

२०७८ मङ्सिर ९ बिहीबार १६:५२:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८२०२८५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २९८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८०१४२० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११५१६ पुगेको छ । क्वारेन्टाइनमा १०३ जना छन् भने आइसोलेसनमा ७३४९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर