उत्तरी फ्रान्समा आप्रवासी सवार डुंगा डुब्दा ३१ जनाको मृत्यु

२०७८ मङ्सिर ९ बिहीबार १५:५३:०० मा प्रकाशित

उत्तरी फ्रान्सको कालाइस भन्ने स्थानको सामुद्रिक किनारमा आप्रवासीहरु चढेको डुंगा डुब्दा कम्तीमा पनि ३१ जना आप्रवासीको ज्यान गएको छ । फ्रान्सको आन्तरिक मामिलासम्बन्धी मन्त्री गेराल्ड डर्मानिनले दुर्घटनाका बारेमा जानकारी दिएका छन् ।

उनले उक्त डुंगामा सवार रहेका व्यक्तिहरु संयुक्त अधिराज्यतर्फ जान लागेका र डुंगा डुब्दा उनीहरुको ज्यान गएको बताए । स्थानीय समयानुसार अपरान्ह २ बजे उक्त डुंगा डुबेको र १५ वटा शव पानीमा तैरिएको अवस्थामा निकालिएको बताइएको छ । यो दुर्घटनालाई एकै स्थानमा भएको ठूलो दुर्घटनाका रुपमा लिइएको बताइएको छ ।
 

 

ताजा खबर