बार्सीलोना बेन्फिकासँग गोलरहित बराबरीमा

२०७८ मङ्सिर ९ बिहीबार १०:४२:०० मा प्रकाशित

बार्सीलोना च्याम्पियन्स लिगको समूह चरणको खेलमा बेन्फिकासँग गोलरहित बराबरीमा रोकिएको छ । योसँगै बार्साले नक आउट चरण पुग्न अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ । जाभीको बार्साको प्रशिक्षकका रुपमा च्याम्पियन्स लिगमा यो पहिलो खेल हो ।

युसुफ देमेरलको प्रहार क्रसबारमा लागेर बाहिरिँदा बार्सा अग्रता लिनबाट चुकेको थियो । अस्ट्रियन क्लब र्यापिड भियनाबाट लोनमा आएका  १८ वर्ष १ सय ७४ दिनका युसुफ बार्साका लागि च्याम्पियन्स लिग खेल्ने दोस्रो गैर स्पेनिस खेलाडी बनेका छन् । पहिलो अर्जेन्टाइन लियोनल मेसी हुन् ।

यस्तै यो सिजन बार्साबाट च्याम्पियन्स लिगमा सुरुवात गर्ने पाँचौ युवा खेलाडी मध्ये एक हुन् । यसअघि अंशु फाती, पेड्री, जाभी र निको गोन्जालेसले जारी सिजन च्याम्पियन्स लिगमा सुरुवात गरेका थिए ।  बार्साका रोनाल्ड अरायोको गोेल गरेका थिए । तर उनको गोलले मान्यता पाएन ।  

बेन्फिकाले उत्कृष्ट डिफेन्स गर्दै बार्सालाई गोल गर्नबाट रोक्यो । बार्साले खेल अवधिभर मात्र तीन पटक  टार्गेटमा प्रहार गरेको थियो । ह्यारिस सेफोरोभिचले बेन्फिकालाई जित दिलाउने सुनौलो अवसर पाएका थिए । तर उनी फिनिसिङमा चुके ।  नक आउट चरण पुग्न बार्सालाई अन्तिम खेल जित्नै पर्नेछ ।

उसले डिसेम्बर आठमा जर्मन च्याम्पियन बायर्न म्युनिखको सामना गर्नेछ ।  खेलपछि जाभीले बेन्फिकाले उत्कृष्ट खेल प्रदर्शन गरेको प्रतिक्रिया दिएका थिए । यदि जर्मनीमा बार्साले हारे उसको यात्रा समूह चरणमानै सकिनेछ । समूह इ को दोस्रो स्थानमा रहेको बार्साको ५ खेलबाट सात छ ।

बेन्फिका ५ अंकका साथ तेस्रो स्थानमा छ । समूहको अन्तिम खेलमा बेन्फिकाले डाइनामो किभसँग खेल्नेछ । बार्यन यसअघिनै नक आउट चरण पुगिकसकेको छ । गएराति भएको खेलमा बायर्नले डाइनामो किभलाई दुई एक गोलले पराजित गर्यो ।  जारी सिजन बायर्न अपराजित छ ।

उसको यो  पाँच खेलमा पाँचै जित हो । कोभिडका कारण बायर्न आफ्ना पाँच मुख्य खेलाडी विना मैदान उत्रिएको बायर्नले १४ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोल मार्फत अग्रता लिएको थियो । ४२ औं मिनेटमा किंस्ले कोमनले गोल गरे ।  ७० औं मिनेटमा डाइनामोका  डिनाइज हामयासले सान्वना गोल फर्काए ।

ताजा खबर