म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश

२०७८ मङ्सिर ९ बिहीबार १०:३२:०० मा प्रकाशित

म्यानचेस्टर युनाइटेड भिल्लारियाल माथि दुई शून्य गोलको जित हात पार्दै च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश गरेको छ  । युनाइटेडको यो, प्रशिक्षक ओले गुनार सोल्जाकरलाई बर्खास्त गरेपछिको पहिलो खेल हो । समुह एफ मा रहेको युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डो र जेडोन सान्चोले गोल गरे । भिल्लारियालको मैदानमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

७८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै डेडलक तोडेका थिए । रोनाल्डोले जारी सिजन च्याम्पियन्स लिगका प्रत्येक खेलमा गोल गरेका छन् । युनाइटेडले  यो सिजन गरेका दश मध्ये ६ गोल रोनाल्डोको नाममा छ ।   ९० औं मिनेटमा सान्चोले गोल गरेपछि युनाइटेड दुई शून्यको जीतका साथ अन्तिम १६ का लागि छनोट भयो । युनाइटेडका लागि सान्चोको यो पहिलो गोल हो  । उनले क्लबका लागि सवै प्रतिस्पर्धामा गरी अहिलेसम्म १५ खेल खेलेका छन् ।

युनाइटेडको घरेलु मैदानमा भएको पहिलो खेलमा भिल्लारियालाई दुई एक गोलले पराजित भएको थियो । सो बेला  पनि रोनाल्डोले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै जित दिलाएका थिए । गएरातिको खेलमा गोलकिपर  डाविड डे हेयाको भूमिका महत्वपूर्ण रह्यो  ।

उनले पहिलो र दोस्रो हाफमा गरी  भिल्लरियालका दुई सशक्त प्रहारको उत्कृष्ट बचाउ गरे । केयर  टेकर प्रशिक्षक माइकल क्यारिकले टिम सम्हालेपछिको यो पहिलो खेल हो । उनले यो जित पूर्वप्रशिक्षक सोल्जाकर प्रति समर्पित गरे । प्रिमियर लिगमा खराब प्रदर्शन गरेपछि तीन दिन  अघि क्लबले सोल्जाकरलाई बर्खास्त गरेको थियो ।  
 

ताजा खबर