कोरोना संक्रमणबाट ४ जनाको मृत्यु, २३२ जना संक्रमणमुक्त

२०७८ मङ्सिर ८ बुधबार १६:४७:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २३३० जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै सक्रिय संक्रमितको संख्या ७३६९ रहेको मन्त्रालयले जनाएको छ ।

 

ताजा खबर