बस दुर्घटनाबाट ४६ जनाको मृत्यु भएपछि बुल्गेरियामा तीन दिने शोक घोषणा

२०७८ मङ्सिर ८ बुधबार १३:२४:०० मा प्रकाशित

उत्तरी मेसेडोनिया सरकारले पश्चिमी बुल्गेरियामा मंगलबार बिहान भएको बस दुर्घटनाबाट ठूलो क्षति भएको भन्दै त्यसप्रति राष्ट्रिय शोकको घोषणा गरेको छ ।

बस दुर्घटनामा परेर कम्तीमा पनि ४६ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ । दुर्घटनामा परी ज्यान जानेमा १२ जना बालबालिका पनि छन् ।

दुर्घटनामा परी जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइएको छ । मृत्यु भएका १२ बालबालिकाको शव जलेको अवस्थामा पाइएको भन्दै यहाँका नागरिकहरु निकै स्तब्ध भएका छन् ।

गृह मन्त्रालयको अग्नि सुरक्षा विभागका प्रमुखले बस दुर्घटनामा परेपछि आगो लागेको र त्यहाँ रहेका यात्रुहरु जलेका बताएका छन् । सोफियाबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको राजमार्गमा स्थानीय समयानुसार मंगलबार दिउँसो २ बजे सो दुर्घटना भएको हो ।

दुर्घटनाको कारण भने अझै पत्ता लाग्न सकेको छैन । सरकारले मंगलबारदेखि नै तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको छ । यो तीन दिनसम्म देशभित्र र उसका विश्वमा रहेका दूतावासहरुमा पनि कुनै औपचारिक कार्यक्रमहरु नगरिने जनाइएको छ ।

ताजा खबर