कोकाकोलाले फ्रन्ट्लाइन हिरोहरुलाई धन्यव्याद ज्ञापन गर्ने अनग्राउन्ड एक्टिभेसन अभियान सम्पन्न

२०७८ मङ्सिर ७ मंगलबार २३:५२:०० मा प्रकाशित

काठमाडौं। कोकाकोलाले कोभिड-१९ महामारीमा फ्रन्टलाइनमा बसेर काम गर्ने सम्पूर्ण कर्मचारीहरुप्रति समर्पित अन–ग्राउन्ड एक्टिभेसन सम्पन्न गरेको छ। महामारीमा अनवरत सेवामा खटिने कर्मचारीहरुप्रति कृतज्ञता ज्ञापन गर्ने मुख्य उद्धेश्यले कोकाकोलाले  संचालन गरेको  एक्टिभेसन कार्यक्रम सन् २०२१ को दशैं अभियान अन्तर्गत धन्यवाद शीर्षकको एक हिस्सा रहेको बताइएको छ।  उक्त अन–ग्राउन्ड एक्टिभेसन कार्यक्रमका क्रममा कोकाकोलाले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), स्टार अस्पताल (काठमाडौं) र ह्याम्स अस्पताल (काठमाडौं) लगायत नेपालका प्रमुख पाँच कोभिड अस्पतालहरुसँग आबद्ध भएको जनाएको छ। 

यस्तै गरी एम्बुलेन्स सेवा प्रदायक 'नेपाल एम्बुलेन्स सेवा', 'वुमन फर ह्युमन राइट्स' र क्रिएशन इनको सञ्जाल अन्तर्गत फोहोर व्यवस्थापनमा संलग्न कामदारहरुका साथै अन्य १३ गैरसरकारी संस्थाहरुसँग कोकाकोलाले सहकार्य गरेको थियो। 

यस अभियानमा कोकाकोलाले अग्रपङ्तिमा रहेर काम गर्ने सेवा प्रदायकहरुलाई उपहारको रुपमा उनीहरुको नाम छापिएको कोकको बोटल र कोकाकोला कन्टोर ग्लास भएको पर्सनलाइज्ड धन्यवाद गिफ्ट बक्स प्रदान गरेको जनाएको छ। 

'यो वर्षको दशैंमा हामीले सम्पूर्ण फ्रन्टलाइन हिरोहरुलाई हृदयदेखि नै आभार व्यक्त गर्ने एउटा सानो प्रयास स्वरुप धन्यवाद अन–ग्राउन्ड एक्टिभेसन सन्चालन गर्‍यौँ। महामारीमा पनि हामी र हाम्रो समुदायको सुरक्षाको लागि वहाँहरुले गर्नुभएको अनवरत परिश्रमलाई हामी सम्मान गर्दछौँ,' कोकाकोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने।

कठिन समयमा साथ दिने साथी/नातेदारलाई 'धन्यवाद' लेखिएको कोकको बोटलको साथमा आभार व्यक्त गर्न आफ्नो उपभोक्तालाई हौसला र प्रोत्साहन दिने उद्धेश्यको साथ कोकाकोलाले गत सेप्टेम्बरमा धन्यवाद शीर्षक दशैं क्याम्पेन ल्याएको थियो। 

आमा, बुवा, दाजुभाइ, दिदी, बहिनी, साथी र सेवाकर्मी गरी आठवटा सम्बन्धहरुका लागि 'धन्यवाद' लेखिएको नयाँ कोकको बोटल पनि बजारमा ल्याएको थियो। 

ताजा खबर