प्यालेस्टाइनप्रति रुसको अडान यथावत

२०७८ मङ्सिर ७ मंगलबार २०:२८:०० मा प्रकाशित

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्यालेस्टाइनप्रति रूसको अडान नफेरिएको आफ्ना प्यालेस्टिनी समकक्षी महम्मद अब्बासलाई बताएका छन् । उनले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को विगतका निर्णयका आधारमा सबै मुद्दा समाधान गर्नुपर्ने मस्कोको विश्वास रहेको बताए ।

सोचीमा अब्बाससँगको भेटमा रूसी नेता पुटिनले भने, “प्यालेस्टिनी समस्या समाधानका विषयमा रूसको अडान अपरिवर्तित रहेको छ । प्यालेस्टाइनको समस्या संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्तरमा भएका पहिलेका निर्णयहरू अनुरूप समाधान गर्नुपर्छ ।”

त्यहाँ बस्ने सबै मानिसहरूको हितलाई ध्यानमा राख्ने न्यायोचित आधारमा समस्याहरू उत्पन्न हुन सक्ने भएपनि मस्कोले यस दिशामा काम गर्ने पुटिनले बताए ।

ताजा खबर