नेपाल–भारतबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यतामा समझदारी

२०७८ मङ्सिर ७ मंगलबार १५:३८:०० मा प्रकाशित

काठमाडौं । नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यससँगै नेपालमा कोरोनाबिरुद्धको खोप लगाएकाहरुले भारतमा मान्यता पाउँछन् भने भारतमा कोरोनाबिरुद्धको खोप लगाएकाहरुले पनि नेपालमा मान्यता पाउने भएका छन् । यसअघि कोरोना खोपको मान्यता नपाएको कारण नेपाल–भारत सीमामा आवतजावतको समस्या भएको थियो । अब भने नेपालमा भारतबाट आइ काम गर्ने कामदार र नेपालबाट भारत गइ ज्याला मजदुरी गर्नेहरुलाई सहज भएको छ ।

ताजा खबर