बुल्गेरियामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

२०७८ मङ्सिर ७ मंगलबार १२:४०:०० मा प्रकाशित

पश्चिमी बुल्गेरियामा मङ्गलबार बिहान भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइएको छ ।

मृत्यु हुनेमा बालबालिका समेत रहेका गृह मन्त्रालयको अग्नि सुरक्षा विभागका प्रमुखले बताएका छन् । सोफियाबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको राजमार्गमा स्थानीय समय अनुसार दिउँसो २ बजे दुुर्घटना भएको हो । दुर्घटनाको कारण भने अझै पत्ता लाग्न सकेको छैन ।

ताजा खबर