अमेरिकाद्वारा जर्मनी र डेनमार्कको यात्रा नगर्न सुझाव

२०७८ मङ्सिर ७ मंगलबार १२:३७:०० मा प्रकाशित

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले जर्मनी र डेनमार्कको यात्रा नगर्न सल्लाह दिएको छ । यी दुवै देशमा कोभिड–१९ को सङ्क्रमण फेरि बढ्दो क्रममा छ । सिडिसिले यी दुई युरोपेली देशहरूमा यात्रा गर्नबाट जोगिनुपर्ने जनाएको छ जसलाई “लेभल फोर“ सूचनाको रूपमा जारी गरिएको छ ।

यात्रा नै गर्नु पर्ने भए जो कोहीले पहिले पूर्ण रूपमा खोप लगाउनुपर्ने जनाइएको छ । सिडिसिले हाल विश्वभरका ७५ गन्तव्यहरू स्तर चारमा सूचीबद्ध गरेको छ जसमा विगत २८ दिनमा प्रति १० लाख बासिन्दामा ५०० भन्दा बढी सङ्क्रमण देखिएका छन् ।

ताजा खबर