तोलामा १६ सय रुपैयाँले घट्यो सुनको मूल्य

२०७८ मङ्सिर ७ मंगलबार १२:२१:०० मा प्रकाशित

काठमाडौं । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ । अधिल्लो दिन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार प्रतितोला एक हजार ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकामा सोमबार प्रतितोला ९३ हजार ४०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०८ डलर आसपासमा कारोबार भइरहेको छ ।

ताजा खबर