मोदी बन्दै अक्षय कुमार

२०७४ असार ८ बिहीबार ०७:२३:०० मा प्रकाशित


काठमाडौं, ८ असार । बलिउड अभिनेता अक्षय कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कथामा बन्न लागेको एक फिल्ममा खेल्ने भएका छन्।  फिल्ममा उनले मोदीको भूमिका निर्वाह गर्नेछन्। मोदीको भूमिकामा खेल्न फिल्मको टोलीले अभिनेता परेस रावल वा अनुपम खेरको नाम सोचेका थिए। तर यो भूमिकामा अक्षय कुमार नै खेल्ने पक्का भएका छन्।

दर्शकको मनमा अक्षयले बनाएको छविले मोदीको कहानी देखाउन अक्षय नै एकदम परिपक्व भएकाले फिल्म टोलीले उनलाई छनौट गरेको भारतीय समाचारमाध्यमले जनाएका छन्। अभिनेता तथा बीजेपी नेता शत्रुधन सिन्हाले अक्षयको तारिफ गर्दै मोदीको भूमिकामा उनले मात्र न्याय गर्न सक्ने बताए। उनले भने,‘अक्षय कुमार भारतका मिस्टर क्लिन हुन् । उनको छवि भारतको नयाँ चम्किँदो तारा मोदीसँग मेल खान्छ।’

यसैगरी सेंसर बोर्डका अध्यक्ष पहलाज निहलानीले अक्षय बाहेक अरु कुनै अभिनेताले मोदीको भूमिका निभाउनै नसक्ने बताए । उनले अक्षयका काम गर्ने तरिका फरक रहेको बताए । अक्षयको आगामी फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ रिजिल हुने क्रममा छ ।  एजेन्सी

 

ताजा खबर